Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, शिक्षा, समाचार

शिक्षामन्त्री पुन केशरमहलबाट सिंहदरबार सरे

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सरेका छन् । मन्त्रालयका मुख्य कामहरू सिंहदरबारबाट हुने भएपछि मन्त्री पुन आजदेखि सिंहदरबार सरेको उनको सचिवालयका सदस्य सागर ढकालले जानकारी दिए । “मन्त्रीज्यू आजैदेखि केशरमहलबाट...बाँकी

महाधिवेशनको तालिका सार्वजनिक गर्न माग गर्दै का‌ग्रेस कार्यालयमा युवाको तालाबन्दी

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा युवा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन्। आइतबार दिउँसो युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन्। उनीहरूले...बाँकी

हर्क साम्पाङको पार्टी निर्वाचन आयोगमा दर्ता, पाए प्रमाणपत्र

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज साम्पाङलाई दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए। ‘उहाँलाई भर्खरै पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरियो’, आइतबार दिउँसो...बाँकी

१५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडाको अवरोध खुल्यो

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । ४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता...बाँकी

बालेनको स्टाटसपछि मन्त्री पुनले भने : सर्को तानेको बेला केही पनि नबोलौं, नलेखौ

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बालेनको स्टाटसपछि मन्त्री पुनले भने : सर्को तानेको बेला केही पनि नबोलौं, नलेखौ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा बालेन शाहको...बाँकी

काठमाडौंको फोहोर नउठेपछि मन्त्री घिसिङले गरे बन्चरेडाँडाको निरीक्षण

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको निरीक्षण गरेका छन् । उपत्यकाका सडक फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित अधिकारी...बाँकी

सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ, नत्र मुठभेड बढ्छ : विष्णु रिजाल

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन्। शनिबार मध्यराति एमालेसहित नेपालका राजनीतिक दलहरूलाई अश्लील शब्दमा स्टाटस लेखेको चर्चा भइरहेका बेला रिजालले...बाँकी

एकता भाँड्न ओलीले अत्तालिएर ‘घर फर्क’ भन्ने भ्रम जाल फ्याँके : नेकपा एस

November 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कााठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेकपा एसलगायतको एकता भाँड्न घरफर्क अभियान सुरु गरेको जनाएको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकको धारणा सार्वजनिक गर्दै केन्द्रीय उपाध्यक्ष तथा...बाँकी

प्रचण्ड भन्छन् : जनार्दन शर्माको शैली राम्रो भएन

November 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साताभित्र एकीकृत समाजवादीसँग पार्टी एकता हुने बताएका छन् । आज (कात्तिक १५)पेरिसडाँडामा बसेको माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका...बाँकी

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बोलाइन्

November 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् । बैठक आइतबार(भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री...बाँकी