Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादीले अवरुद्ध पार्ने निर्णय गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । संघीय संसद सचिवालयका...बाँकी

मंसिर १६ मा स्थानीय तहकाे उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई सुझाव दिएको छ । आयोगका पदाधिकारीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनावको मिति सुझाएका...बाँकी

संसदीय सुनुवाइ समितिको बैठक स्थगित

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संसदीय सुनुवाइ समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आजका लागि तय गरिएको बैठक स्थगित गरिएको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । ूआजको बैठक स्थगित गरिएको छ । अर्को बैठक...बाँकी

माओवादीले प्रतिनिधिसभा बैठक अबरुद्ध गर्ने

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको छ । आज सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको...बाँकी

अरविन्द केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

September 15, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले दुई दिनभित्र पदबाट राजीनामा दिने घोषणा गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...बाँकी

महेश बर्तौलाको दाबी: रास्वपाले फायर खोलेपछि उपसभामुखको राजीनामा मागेका हौँ

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाएका छन् । आइतबार सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उपसभामुख इन्दिरा रानाले...बाँकी

संसद् अवरोध हटाउन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको...बाँकी

अमेरिकाबाट आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता

September 15, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल छन् । उनी शनिबार राति १०ः२५ बजेदेखि एअरपोर्टबाट बेपत्ता भएका...बाँकी

त्रिशूली नदी किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा सडकबाट त्रिशूली नदी किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल...बाँकी

सुनको मूल्य अहिलेसम्मकै महँगो, बन्यो नयाँ रेकर्ड

September 15, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। प्रतितोला पाँचसय रुपैयाँ बढेर सुन आज प्रतितोला १ लाख ५६ हजार आठसय रुपैयाँ पुगेको हो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।...बाँकी