Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

आज देशभर मौसम फेरिँदै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

October 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...बाँकी

मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

October 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । जवाङ खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा पानी परिरहेको छ । “केही स्थानमा सामान्य ढुंगाहरू झरेका छन् ।...बाँकी

बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनू : प्रधानमन्त्री कार्यालय

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले...बाँकी

शंकर पोख्रेल भन्छन्  : राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ’ सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘राजनीति र समाज...बाँकी

महोत्तरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ४० जना घाइते

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११, खयरमारामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री...बाँकी

भारतमा दुर्गाको मूर्ति विसर्जन गर्ने  क्रममा ट्याक्टर पल्टिँदा ११ जनाको मृत्यु

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतको मध्य प्रदेशअन्तर्गत खाण्डवा जिल्लामा बिहीबार साँझ दुर्गाको मूर्ति विसर्जन र्‍यालीका क्रममा ट्रयाक्टर-ट्रली पल्टिँदा ११ जनाको मृत्यु भएको छ। भनरतीय सञ्चारमाध्यमका अनुसार ट्रयाक्टर-ट्रली पल्टिएर पोखरीमा खसेको हो। अहिलेसम्म करिब ११ जनाको शव निकालिएको...बाँकी

चाडपर्वमा टिकट महँगोमा बिक्री हुन सक्ने भन्दै आन्तरिक हवाई भाडादर सार्वजनिक

October 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई...बाँकी

राष्ट्रपतिले आज आमनागरिकलाई दशैंको टीका नलगाउने

October 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्...बाँकी

बेलायतमा कारको ठक्करबाट २  जना  नेपालीको मृत्यु

October 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
लन्डन । बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन...बाँकी

नेपालीहरुको महान चाड बडादशैं आज : टीकाको उत्तम साइत ११:५३ बजे

October 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ...बाँकी