Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर...बाँकी

रास्वपा राष्ट्रिय भेला : सभापति रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरू बोल्न नपाउने

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्। केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ। भेलामा केन्द्रीय समिति,...बाँकी

मन्त्रिपरिषद् बैठक बस्दै

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज (बुधबार)मन्त्रिपरिषद्को बैठक बस्दै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार)मा साँझ ५ बजे बस्नेछ। बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत विषयमा छलफल हुने बताइएको छ।...बाँकी

बझाङमा गयो भूकम्प

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको...बाँकी

प्रचण्डको दाबी : देशका लागि काम गर्ने त माओवादी रहेछ भन्ने जनताले बुझ्न थालेका छन्

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन् । केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै आफूहरू सातै प्रदेश पुगेर फर्केको...बाँकी

स्वास्थ्यमन्त्री पौडेल भन्छन् : अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। आज ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै...बाँकी

शंकरको रविलक्षित प्रश्न: जान्नेलाई छान्ने भन्नेहरूले कस्तो सुशासन दिन खोजेको हो ?

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो रु भन्दै टिप्पणी गरेका छन्। कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा...बाँकी

सेतीमा ट्याक्टर खस्यो : चालक सहित २ जना बेपत्ता, तीन घाइते

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले...बाँकी

रविलाई विश्वप्रकाशको प्रश्न : समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पार्टीको नाम फेर्न सुझाएका छन्। प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव दिएका हुन्। उनले भनेका छन्, ‘कतिपय असन्तुष्टिको माहोलमा स्वतन्त्र मन...बाँकी

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिंदै

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रोपटक विश्वासको मत लिंदैछन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको...बाँकी