Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सुनसरीको इटरहरीमा गोली लागेर २ जनाको मृत्यु

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुनसरी । सुनसरीको इटरहरीमा गोली लागेर २ जनाप्रदर्शनकारीको मृत्यु भएको छ। जेन जीहरूले इटहरीमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उग्र भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थ‍ियो। प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका प्रमुखको कार्यकक्षमा आगजनी पनि गरेका छन्।...बाँकी

प्रधानमन्त्रीको घरमा जेनजीको ढुंगामुढा प्रहार

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा आन्दोलनमा उत्रिएको जेनजी युवाहरुको समूहले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा प्रहार गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीलाई प्रहरीले रोकेपछि दमकस्थित निवासबाट करिब १ मिटर टाढाबाट...बाँकी

बुटवल र भैरहवामा पनि कर्फ्यु लाग्यो

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रूपन्देही । बुटवल र भैहरवामा पनि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो। आदेशमा पाँच जना...बाँकी

पूर्वगृहमन्त्री खाँणको घरमा तोडफोड

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ । जेनजी प्रदर्शनकारीको एक समूहले तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित खाँणको घरमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर...बाँकी

जेनजी प्रदर्शन : थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७...बाँकी

सरकारले नरसंहार मच्चाएको भन्दै माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरस‌ंहार गरेको दावी गरेको छ। ‘जनतासँग माओवादीस् मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक...बाँकी

जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि स्शुल्क उपचार गर्ने

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं। जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि स्शुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई...बाँकी

इटहरीमा पनि कर्फ्यू आदेश जारी

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । सोमबार दिउँसो ३स्३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको सुनसरी प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।...बाँकी

कांग्रेस नेतालेनै मागे गृहमन्त्रीको राजीनामा

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेपाली कांग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन्। सामाजिक सञ्जालमार्फत नेता पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने पनि बताएका...बाँकी

ट्रमा सेन्टरमा थप एकजनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । योसँगै ट्रमा...बाँकी