Skip

Hamro Sanchar

नेपाल ट्रस्टका पूर्वसचिव लेखबहादुर कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २३ गते


काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आज उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो ।

६६ वर्षीय कार्की अवकाशप्राप्त सहसचिव हुन् । प्रहरीका अनुसार, उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् ।

उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मनोज केसीले जानकारी दिए ।

संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

नेपाल ट्रस्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बदनियत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।


प्रतिकृया दिनुहोस्