Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देश जलाउने पनि तिनै, चलाउने पनि तिनै, एउटा तमासा देखिएको छ : ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २३ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा रहेकाहरूले नै जेनजी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाएका छन्।

आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा सडकमा उफ्रिनेहरूले नै देश जलाउने काम गरेको बताएका हुन्।

देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा देखिएको छ। जसले जलाउने त्यसले चलाउने। यस्तो तमासा भइराखेको छ। जलाउनुका पछाडि पनि यिनै थिए। मैदानमा देखिएका थिए, उनले भने, मैदानमा एक:एक फिटमाथि बुरुक्क उफ्रिएकै थिए। अहिले चलाउनेमा पनि फेरि कुर्सीमा विराजमान तिनै तत्वहरू देखिएका छन्। जो संविधानले मिल्दैमिल्दैन, हुँदैहुँदैन भन्छ। तिनै व्यक्तिहरू।’

अध्यक्ष ओलीले पार्टीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको दोहोर्‍याए।


प्रतिकृया दिनुहोस्