Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महेश बस्नेतप्रति सुदन गुरुङको आक्रोश :  १० पुस्ते निस्केपछि मेरो नागरिकता तपाईंको निधारमा टाँस्दिन्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २३ गते


Advertisement

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आफ्नो नागरिकता छानबिन गर्न सरकारसँग माग गरेपछि जेनजीका अगुवा बनेका सुदन गुरुङले युवास‌ंघका पूर्वअध्यक्ष एवं पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतप्रति आक्रोश पोखेका छन्।

शनिबार युवासंघका प्रवक्ता निरोज पौडेलले एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई एक साताको अल्टिमेटम दिने निर्णय गरेको र सरकारले नगरे आफूहरूले नै खोजी गरी यो विषय कानुनी प्रक्रियामा ल्याउने बताएका थिए।

लगत्तै गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो नागरिकता महेश बस्नेतको निधारमा टाँसिदिने टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘थ्यांक्यु माई डियर महेश ब्रो फाइनल्ली। मेरो १० पुस्ते निस्केपछि मेरो नागरिकता तपाईंको निधारमा सुपर ग्लुले प्ल्याट पारेर टाल्दिन्छु।’

 


प्रतिकृया दिनुहोस्