Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल ट्रष्टको जग्गा ठगी प्रकरणमा पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २२ गते


Advertisement

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ।

एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, सम्झौतामा सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ बाहेक अर्को कित्ता नं. ४६०५ समेत थप गरी बिना संचालक समितिको निर्णय मोडेलमा तीन वर्षको निर्माण अवधि र ३० वर्षको लिज सम्झौता गरिएको पाइएको छ।

नेपाल ट्रष्टको नाममा रहेको जग्गा लिजमा दिने÷लिने सम्झौतामा कानूनी आधारबिना गैरकानूनी रूपमा लाभ लिएको भन्ने ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्