Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विद्यार्थी मारिएको दुस्खमा होइन, आफ्नै सुरक्षा चिन्तामा ओलीले राजीनामा दिए : रास्वपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सुरक्षा चिन्ताले पदबाट राजीनामा दिएको रास्वपाले निष्कर्ष निकालेको छ ।

केन्द्रीय समिति बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुले विद्यार्थी मारिएको दुस्खमा ओलीले राजीनामा नदिएको उल्लेख गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्यपारेको पनि २४ गतेको घटनाले नै हो,’ उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दुस्खमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।’

रास्वपाले २४ भदौको विध्वंशमा पनि राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको दावी गरेको छ ।

भदौ २४ को विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको छ,’ अर्यालले लेखेका छन् ।


प्रतिकृया दिनुहोस्