Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिउँले ढाक्यो मुक्तिनाथ मन्दिर : मुस्ताङ प्रशासनको आग्रह, बुधबारसम्म पदयात्रा नगर्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ११ गते


काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका उच्च हिमाली क्षेत्रमा कात्तिक १२ गतेसम्म पदयात्रा नगर्नरनगराउन सुझाव दिएको छ।

जल तथा मौसम विज्ञान विभागले कात्तिक १० देखि १२ गतेसम्म उच्च हमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेकाले स्थानीय प्रशासनले सूचना जारी गरी पदयात्रा नगर्न आग्रह गरेको हो।

यसैबीच मुस्ताङको मुक्तिनाथ मन्दिर आसपास हिमपात भएको छ।

हेर्नुहोस् मुस्ताङ प्रशासनको सूचना:

विषय- सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार २०८२ कार्तिक १० देखि १२ गतेसम्म उच्च हिमाली क्षेत्र (मुस्ताङ) जिल्लाको मुस्ताङ डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ मनाङ थोरङला पास ५४५० मिटर, मुस्ताङ-मनाङ सरिबुङ पास ६००० मिटर र मुस्ताङ म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक) लगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने उच्च सम्भावना रहेकोले उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्नुरनगराउनु हुन साथै यस जिल्लाको अन्य भागमा समेत हिमपातरवर्षाको सम्भावना रहेकोले पर्यटकरतिर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी आवश्यक जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।

विष्णुप्रसाद भुसाल (प्रमुख जिल्ला अधिकारी)


प्रतिकृया दिनुहोस्