Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुग्लिन-नारायणगढ सडक आज पनि रातभर नखुल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ४ गते


काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।

साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको उनले बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ ।

‘आज पनि रातभर सडक नखुल्ने भयो । पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएन,’ एसपी पन्तले भने, ‘भोलि बिहान ४–५ बजेबाटै काम सुरु गर्छौं ।’

उनका अनुसार, भोलि पनि मध्यान्ह १२ बजेभन्दा अघि सहज आवागमन गराउनसक्ने अवस्था देखिएको छैन ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्  । अहिले पनि सडकमा धेरै सवारी र मानिसहरू अलपत्र परेका छन्


प्रतिकृया दिनुहोस्