Skip

Hamro Sanchar

शशांकको प्रश्न : मैले के गल्ती गरेको थिएँरु मेरो घर जल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ३ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले केही गल्ती नगरे पनि घर जलाएको बताएका छन्।

भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइरालाको घरमा आगजनी भएको थियो।

‘जेनजी कुन शक्ति हो पहिले त्यो ठम्याउनुपर्‍यो। उनीहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गर्ने भनेका थिए,’ उनले भने, ‘तर मैले के गल्ती गरेको थिएँ मलाई थाहा छैन, मेरो घर पनि जल्यो।’

यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत नगर्ने गरी मानिसहरू मरेको, घर जलेको र लुटपाट भएको उनले बताए ।


प्रतिकृया दिनुहोस्