Skip

Hamro Sanchar

 जलेर ध्वस्त  संसद भवनको निरीक्षणमा पुगे ३ जना मन्त्रीहरू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १ गते


काठमाडौं । सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षण गर्न पुगेका छन्।

अर्थमन्त्री डा। रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केहीबेरअघि संसद भवन पुगेका हुन्।

संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष हेर्न जाने तयारी छ। उनीहरुले भैंसेपाटीस्थित मन्त्री निवासको पनि उनीहरुले संयुक्त अवलोकन गर्ने छन्।

 


जेनजी आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालत जलाएर ध्वस्त पारेका थिए। संसद अहिले बन्द छ भने सर्वोच्चले पाल टाँगेर काम थालेको छ  ।


प्रतिकृया दिनुहोस्