Skip

Hamro Sanchar

उर्जा मन्त्री कुलमानले झलनाथ पत्नीको स्वास्थ्यबारे फोनबाट जानकारी  लिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १ गते


काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोडफोडमा परेर चित्रकार गम्भीर घाइते भएकी थिइन् । उनको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

यसबैची ऊर्जामन्त्री घिसिङले खनाललाई फोन गरेर उनको स्वास्थ्यबारे जानकारी लिएका हुन् । घिसिङको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार, हिजाे  घिसिङले खनाललाई फोन गरेका थिए । चित्रकारले घिसिङलाई अध्यापन गराएकी थिइन् ।

‘गुरुआमाको स्वास्थ्यबारे बुझ्न हिजो नै उहाँ (कलमान)ले फोन गर्नुभएको थियो । अहिले स्वास्थ्य विस्तारै सुधार हुँदै गएको जानकारी झलनाथजीले गराउनुभएको छ,’ कुलमानकोे सचिवालयका ती सदस्यले भने ।


प्रतिकृया दिनुहोस्