Skip

Hamro Sanchar

आज देशभर सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १ गते


काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको हो ।

राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्