Skip

Hamro Sanchar

प्रधानमन्त्री कार्कीले गरिन् सन्दुक रुइतसित छलफल :  सरकारमा सहभागी नहुने रुइतको जवाफ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३१ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् ।

आज तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।

जवाफमा डा.रुइतले आफूले सरकारलाई सहयोग गर्ने बताए । तर, आफू सरकारमा सहभागी हुन नसक्ने जवाफ उनले दिएका बुझिएको छ ।

छलफलपछि डा.रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।

‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लीन रहने बताउँदै आएका छन् ।


प्रतिकृया दिनुहोस्