Skip

Hamro Sanchar

टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गर्दै अर्थमन्त्रीले भने : अबको प्राथमिकता युवाका माग पूरा गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३० गते


काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे ।

मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’


प्रतिकृया दिनुहोस्