Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नव नियुक्त गृहमन्त्रीको निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाइने

जेनजि आन्दोलनमा  मृतकका परिवारलाई  किरिया खर्च दिने 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३० गते


नव नियुक्त गृहमन्त्रीको निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाइने

काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै सो निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताए ।

यसैगरी, आन्दोलनमा मृतकका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीको छ ।

शवहरू व्यवस्थापनका लागि सरकारले निस्शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरिएको छ ।


प्रतिकृया दिनुहोस्