Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सूचना आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीको प्रतिक्रिया : अराजकतालाई निरुत्साहन गर्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०र०८१ को १६ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ। बालुवाटारमा आज आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन्।

प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ।

प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए।

प्रमुख आयुक्त गुरुङले आफूहरूको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्स्यौट गरिएको जानकारी गराए। सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश सङ्ग्रह’ समेत सार्वजनिक भएको छ। वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मङ्सिर २३ गते सकिँदैछ ।


प्रतिकृया दिनुहोस्