Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँका विभिन्न स्थानमा आज ४ घण्टा बिजुली जादै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ११ गते


Advertisement

काठमाडौं । काठमाडौँका केही स्थानमा आज चार घण्टा बिजुली काटिने भएको छ।

मंगबार दिउँसो चार घण्टासम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायतका क्षेत्रमा विद्युत् लाइन काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

ती ठाउँमा केवल लाइन विस्तारका लागि महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

विद्युत् कटौती हुँदा ती क्षेत्रका ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ।
तोकिएको काम निर्धारित समय अगावै सम्पन्न भएमा मंगलबार दिउँसो तीनबजे अघि नै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्