काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज बैठक बस्ने जानकारी गराएका छन् । उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार...
काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले गरेका राम्रा कामहरू र महत्वपूर्ण राजनीतिक घटनाक्रमबारे जनतालाई सही ढंगले बुझाउन नसक्दा पार्टीले अहिलेको परिणाम भोग्नुपरेको बताएका छन्। आज पार्टीको सचिवालय बैठकमा सहभागी हुन भक्तपुरको गुण्डु पुगेका भट्टले पत्रकारहरूसँग कुराकानी क्रममा गत भदौ २३ र २४ गतेका घटनाक्रमलाई जनतासमक्ष सही रूपमा संप्रेषण...