Hamro Sanchar

माओवादीले गर्‍यो उपनिर्वाचनका लागि कीर्तिपुरको मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपलिकामा मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा गरेको छ ।

आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उम्मेदवार घोषणा गरिएको हो ।

माओवादीले प्रा.डा.शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । ७९ को चुनावमा पनि मेयर भिडेका महर्जन तेस्रो भएका थिए ।

यस्तै, वडा नम्बर १ अध्यक्ष उम्मेदवार अष्टमान महर्जन र ४ अध्यक्षउम्मेदवार इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने भएको छ ।

मेयरमा उम्मेदवार महर्जनले आफ्नो उम्मेदवारी घोषणासभामा खादामाला लगाएनन् । दुई वडाध्यक्षको उम्मेदवारले लगाएपछि मेयरको उम्मेदवार महर्जनले चुनाव जितेको दिन जनताको हातको माला लगाउने भन्दै घोषणा सभामा नलगाएका हुन् ।

प्रचण्डले नेताहरूलाई जनताको घरघरमा गएर आफ्नो एजेण्डा बताउँदै चुनाव केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए । विभिन्न रिक्त पदका लागि स्थानीय तहको उपनिर्वाचनमा मंसिर १६ गते हुँदैछ ।


प्रतिकृया दिनुहोस्