Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि हिरासतमा : रास्वपाले दियो उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको अनुपस्थितिमा स्थानीय तहको उपचुनावमा उम्मेदवारलाई दिने पार्टीको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ।

पार्टी सचिवालयको मंगलबार बसेको बैठकले मनोनयनको औपचारिक पत्र (टिकट) प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको भए पनि वर्तमान अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै त्यो अधिकार बुर्लाकोटीलाई दिएको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

‘वर्तमान अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै उक्त उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी कार्यवाहक महामन्त्री श्री कविन्द्र बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको छ,’ झाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘र, यसै निर्णय बमोजिम पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको छ ।


प्रतिकृया दिनुहोस्