Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री ओलि भन्छन् : धर्मका नाममा राजनीति हुन हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २७ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताएका हुन्।

‘नेपालमा एकातिर हिन्दू राज्य हुनुुपर्छ भनेर अभियान चलाइएको छ। अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरूलाई हामी क्रमशः नियन्त्रण गर्छौँ। हामीले कुनै पनि धर्मका नाममा असहिष्णुुता र सङ्कीर्णता राख्नु हुँदैन। कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो। त्यसको हामी सम्मान गर्छौँ।’

भेटका अवसरमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमारजी र मुनि रत्नकुमारजीलगायतले समाजमा नैतिकता, सद्भावना, मानव एकता, नशाबाट मुक्ति र शान्तिका लागि आफूहरुले गर्दै आएका कामबारे अवगत गराएका थिए ।


प्रतिकृया दिनुहोस्