Skip
आज : २०८१ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाढीपहिरो प्रभावितलाई अस्थायी आवासबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १८ गते


Advertisement

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आज अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ ।

‘नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’, ती मन्त्रीले भने, ‘एजेन्डा खुलाइएको छैन । तर बाढी प्रभावितलाई अस्थायी आवासको प्रबन्धबारे छलफल र निर्णय हुनसक्छ ।’

सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताए पनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्