Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सप्तकोसीमा खस्यो बस : २० जनाको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

काठमाडौं । सप्तकोसी नदीमा खसेको बसबाट २० जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

बिहीबार साँझ विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको थियो।

अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ। सुनसरीका एसपी बिपिन रेग्मीका अनुसार, २० जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको प्रहरीले जनाएको छ।

बसमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन ।


प्रतिकृया दिनुहोस्