Hamro Sanchar

दोलखाको जिलुमा टेम्पु दुर्घटना, एकको अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ७ गते


दोलखा, साउन ६- दोलखाको भीमेश्वर नगरपालिका-४ स्थित जिलुमा टेम्पु दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

दुर्घटनामा जिलुकी २० वर्षीया करिस्मा चौलागाई, २८ वर्षीया अन्जु केसी, २८ वर्षकी सविता केसी र चालक ३१ वर्षीय दिपेन्द्र चौंलागाई घाइते भएका छन् ।

घाइतेमध्ये २० वर्षीया करिस्माको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

सदरमुकाम चरिकोटबाट जिलुतर्फ जाँदै गरेको टेम्पु सडकबाट करिब १२० मिटर तल खसेको थियो ।

घाइतेहरुको पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भैरहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्