Hamro Sanchar

ढिकीको मुसलले हान्दा बुबाको मृत्यु, छोरी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


Advertisement

काठमाडौं, वैशाख १६- जुम्लामा बुबाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन् ।

पातारासि गाउँपालिका-३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनको २६ वर्षीया छोरी हाँसु ऐडी पक्राउ परेकी हुन् । हाँसु सौतनी छोरी हुन् ।

उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको टोलीले सनिवार दिउँसो पक्राउ गरेको हो ।

पातारासि गाउँपालिका-१ घर भइ माइतीघर आएकी उनले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो । उक्त खबर प्राप्त भएसँग उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्