काठमाडौं, असोज ६- नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पारस खड्का विजयी भएका छन् ।
शनिबार भएको क्यानको चुनावमा पारस विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्ललाई पछि पार्दै विजयी भएका हुन् ।
कुल ८५ मत खसेको थियो । जसमध्ये पारसले ४३ मत र प्रशान्तविक्रमले ३२ मत पाएका हुन् । १० मत अझै गणना गर्न बाँकी छ । औपचारिक घोषणा हुन बाँकी छ ।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो ।