काठमाडौं, असोज ३- एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।
चीनको हाङझाउमा आज बुधवार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयो ।
हिजो मङ्गलवार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजको हारसँगै नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।