एजेन्सी, भदौै १४-दक्षिण अफ्रिकाको जोहान्सबर्गमा एक पाँच तले भवनमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छ ।
जसमध्ये सात जना बालबालिका पनि रहेका छन् । अलजजिराको रिपोर्ट अनुसार ४३ जना घाइते भएका छन् जसका कारण मृत्युको आँकडा थप बढ्ने डर छ ।
बिहीबार बिहान करिब पाँच बजे आगलागी भएको हो । अधिकारीका अनुसार आगोलाई नियन्त्रणमा लिइएको छ । एपीको रिपोर्ट अनुसार यो भवनमा करिब २०० जना घरबार बिहिन मानिस अनुमति बिना बसिरहेका थिए ।
न्यायो बनाउन बालेको आगो अन्य ठाउँमा सल्किएर आगलागी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।