Hamro Sanchar

गान्धी आदर्श मा.वि. को प्रधानाध्यापकमा दोश्रो कार्यकालका लागि गणेश चन्द नियुक्त

सुदिप बर्देवा प्रकाशित : २०८० साउन, २५ गते


Advertisement

काठमाडौं, साउन २५- काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर-९ मा रहेको गान्धी आदर्श माध्यामिक विद्यालयको प्रधानाध्यापकमा गणेश चन्द नियुक्त भएका छन् । उनि सो विद्यालयको प्रधानाध्यापकमा दोश्रो कार्यकालका लागि नियुक्त भएका हुन् । यसभन्दा अगाडि उनले गान्धी आदर्श मा.वि. मा  प्रधानाध्यापकको एक कार्यकाल कुशलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

कागेश्वोरी मनोहरा नगरपालिकाको साउन २३ गते बसेको नगरप्रमुख स्तरीय निर्णय अनुसार उनलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो । नगरपालिकाले विद्यालयको आन्तरिक प्रतिस्पर्धाबाट प्रधानाध्यापकमा चन्दलाई नियुक्त गरेको जनाएको छ । उनि शिक्षा नियमावली २०५९ को नियम ९६ क बमोजिम गठित शिक्षक छनोट समितिको सिफारिसमा प्रधानाध्यापक नियुक्त भएका हुन् ।

विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न नगरपालिकाले छनोट समिति गठन गरेको थियो । उक्त छनोट समितिले लिएको योग्यता, क्षमता, विद्यालय विकास प्रस्ताव, प्रस्तुतीकरण र अन्तर्वार्ताका माध्यमबाट उनि दोश्रो कार्यकालका लागि प्रधानाध्यापक नियुक्त भएका हुन् ।

प्रधानाध्यापक छनोट समितिमा प्रमुख प्रशासकीय अधिकृत संयोजक रहेको चार सदस्यीय समिति हुने व्यवस्था छ । सो समितिमा निर्देशक, आर्थिक तथा सामाजिक विकास महाशाखा, सामाजिक विकास समिति संयोजक, प्रशासन शाखा प्रमुख सदस्य रहेने व्यवस्था छ भने वरिष्ठ विद्यालय निरीक्षक सदस्य सचिव हुने व्यवस्था गरेको छ ।

कुल १०० पूर्णाङ्कमा शिक्षकको मूल्याङ्कन गरिने कार्यविधिमा उल्लेख छ । मूल्याङ्कनको आधार तथा मापदण्डमा खण्ड ‘क’ मा शैक्षिक योग्यता, ज्येष्ठता, तालिम र अध्यापन नतिजा वापत कूल ३० अङ्क, त्यसैगरी खण्ड ‘ख’ मा विद्यालय विकास प्रस्ताव सम्बन्धी मूल्याङ्कन अङ्क ३० र खण्ड ‘ग’ मा प्रस्ताव प्रस्ताव प्रस्तुतीकरण र छलफल अङ्क २० र खण्ड–घ अन्तर्वार्ता मूल्याङ्कन कूल अङ्क २० प्रदान गरिने मूल्याङ्कन मापदण्ड निर्धारण गरेको छ ।

प्रधानाध्यापकको पदावधि नियुक्त भएको मितिले पाँच वर्षको हुने कार्यविधिले व्यवस्था गरेको छ । पहिलो पटक प्रधानाध्यापक पदमा करार सम्झौता गरेको मितिले एक वर्षसम्म निजको परीक्षणकाल रहने, निजको कार्यसम्पादन करारको आधारमा पहिलो वर्ष परीक्षणकालको मूल्याङ्कन, तेस्रो वर्ष मध्यावधि मूल्याङ्कन र पाँचौँ वर्षको अन्त्यमा अन्तिम मूल्याङ्कन गरिने उल्लेख छ । मूल्याङ्कनमा प्रधनाध्यापकको कार्यसम्पादन सन्तोषजनक देखिएमा पुनः सो पदमा पाँच वर्षको लागि एक पटक करार अवधि थप गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।


प्रतिकृया दिनुहोस्