एजेन्सी, साउन २४-उत्तरपूर्वी चीनमा भारी वर्षाका कारण विद्यालयको व्यायामशालाको छत भत्किँदा ११ जनाको मृत्यु भएको छ ।
जिम रहेको भवनको छत भत्किँदा १९ जना भित्रै फसेका छन् । उक्त दुर्घटनामा पर्नेहरु अधिकांश बालबालिका रहेको ग्लोबल टाइम्सले जनाएको छ । यो घटनापछि प्रहरीले औद्योगिक हेलोङजियाङ प्रान्तको क्विहार शहरमा रहेको उक्त भवनको इन्चार्जलाई पक्राउ गरेको छ ।
भवनको छत भत्किँदा चारजना भने भाग्न सफल भएका छन् । भग्नावशेषबाट निकालिएका १५ जनामध्ये चार जना मात्रै बाँचेका छन् । नबिनमा संलग्न अधिकारीहरुले जिम रहेको भवनको छत वर्षाको पानीले भरिएर भिजेको र स्थानीय समयअनुसार आइतबार दिउँसो ३ बजे उक्त घटना भएको जनाएका छन् ।