काठमाडौं, असार ३०- गोठाटार भैमाल खानेपानी आयोजना सञ्चालनका लागि बोलपत्र आह्वान (टेण्डर) आह्वान गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाले बोलपत्र आह्वान गरेको हो ।
यससँगै खानेपानीको समस्या भोग्दै आएका कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयको समस्या अन्त्य हुने भएको छ ।
यो आयोजना सम्पन्न भएपछि नगरपालिकाका वडा नम्बर ६, ७, ८ र ९ का साढे ८ हजार घरधुरी लाभान्वित हुने नगरप्रमुख उपेन्द्र कार्कीले हाम्रोसंचारलाई जानकारी दिए ।
नेपाल सरकार र स्थानीय उपभोक्ताको सह-लगानीमा सम्पन्न हुने आयोजनाको २ दुइ चरणमा हुनेछ ।
८३ करोड ९१ लाखमा आयोजनाको पहिलो चरणमा ३१ करोड रुपियाँ बराबरको टेण्डर आह्वान गरिएको छ । जसमा नेपाल सरकारको ७० प्रतिशत अनुदान र ३० प्रतिशत स्थानीय उपभोक्ताको लगानीमा निर्माण सम्पन्न हुने गोठाटार भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनोहर चापागाईले जानकारी दिए ।
जसअनुसार पहिलो चरणमा उपभोक्ताले ८ करोड र दोश्रो चरणमा १८ करोड व्यहोर्नु पर्नेछ । बाँकी ५८ करोड सरकारबाट अनुदान प्राप्त बताइएको छ ।
आयोजना मार्फत पहिलो चरणमा नगरपालिकाको वडा नम्बर ७,८ र ९ का स्थानीयका घरमा खानेपानी उपलब्ध हुनेछ भने दोश्रो चरणमा वडा नम्बर ६ समावेश गरेर साढे ८ हजार घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध गराइने नगरप्रमुख कार्कीले बताए ।
आयोजना ठेक्का लागेको २ बर्षभित्र सम्पन्न गर्नुपर्नेछ । आयोजनालाई छिटोभन्दा छिटो गुणस्तरीय रुपमा सम्पन्न गराउँदै जनताको घरमा चौबीसै घण्टा शुद्ध पानी पुर्याउने लक्ष्य रहेको नगरप्रमुख कार्कीको भनाइ छ ।
अहिले पनि यस आयोजना अन्तर्गत १९ सय घरधुरीले खानेपानी उपयोग गरिरहेका छन् ।
आफ्नो कार्यकालमा नगरबासीलाई खानेपानीको पहुँच पुर्याउने घोषणा गरेका नगरप्रमुख उपेन्द्र कार्कीको सक्रियतामा गत चैतमा ६० करोड लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि डाँछी भद्रबास बृहत्त खानेपानी आयोजना अघि बढाइएको छ । भने भद्रवास र आलापोट खानेपानी आयोजनाका कार्यहरु पनि द्रुत गतिमा हुँदैछन् ।
टेण्डर आह्वान भइसकेकोले स्थानीयहरुले सहयोग गरे निर्धारित समयमै खानेपानी आयोजना निर्माण सम्पन्न हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाले जनाएको छ ।
यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहराका करिब ५ हजार घरधुरीलाई शुद्ध खानेपानी वितरण गर्ने तयारी,