काठमाडौँ । सुनको मूल्य आज फेरि बढेको छ। अघिल्लो दिन २ हजार रुपैयाँ प्रतितोला घटेको सुन बिहीबार फेरि १ हजार २ सय रुपैयाँले बढेको हो।
बुधबार छापावाल सुन १ लाख ७ हजार ८ सय र तेजाबी सुन १ लाख ७ हजार ३ सयमा कारोबार भएकोमा दुवै सुन आज क्रमशः १ लाख ९ हजार र १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ। योसँगै आज चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको छ।