काठमाडौं, भदौ २४- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टीमा असन्तुष्ट समूहले नयाँ मोर्चा घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष विष्णु खड्काले पार्टीभित्र आफूहरुले विद्रोह गरेर संयुक्त राजीनामा दिएर नयाँ मोर्चाको घोषणा गरेको जानकारी दिए । उनकाअनुसार नवगठित मोर्चाले आगामी मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनसमेत बहिष्कार गर्ने निर्णय गरेको छ ।
अध्यक्ष खड्काले क्रान्तिकारी माओवादीभित्र स्वार्थका झुण्डहरूको गुट, नेतृत्वको गुलामी गर्नेको समूह, दलालीकरणको विकाससँगै क्रान्तिकारी आवरणमा प्रतिक्रान्तिकारीहरु हावी भएको समेत टिप्पणी गरे ।
खड्कालगायत केन्द्रीय सदस्य सुरेश वली, प्रदेश सदस्य धनवीर चौधरीलगायत सयौंको संख्यामा परित्याग गरी नयाँ मोर्चा निर्माणमा लागेको उनले दाबी गरे ।