Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिको सय दिन : यी हुन् सम्पन्न भएका कार्यहरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, २१ गते


Advertisement

काठमाडौं, भदौ २१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको १०० दिनभित्र सम्पन्न भएका कार्यहरु सार्वजनिक गरेको छ । नगरप्रमुख उपेन्द्र कार्कीले सोमबार नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेर सो अवधिमा सम्पन्न भएका कामहरु सार्वजनिक गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख कार्कीले आफुहरुको पदबहाली पछि नगरपालिकाको समग्र विकास र सु-शासनमा महत्वपूर्ण प्रयासहरु भएको बताए ।

सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरि शिक्षा, स्वास्थ्य, खेलकुद, ज्येष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशिलताका साथै भौतिक पूर्वाधारको कार्य अघि बढाइएको नगरपालिकाले जेष्ठ नागरिकलाई चाडपर्व मनाउने खर्च वितरण गर्ने भएको छ । नगरपालिकाले आगामी दसैँ अगाडि जेष्ठ नागरिकलाई चाडपर्व खर्चवापत एक हजार रुपैयाँ वितरण गर्ने जनाएको छ ।

नगरपालिकाले “मेयरसँग जेष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमअन्तगर्त सबै वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि वडानम्बर–९ बाट सुरु गरिएको बताएको छ ।

नगरपालिकाले जेष्ठ नागरिकलाई खाजा, जेष्ठ नागरिक भवन तथा जेष्ठ नागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरेको जनाएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको नगरपालिकाले नगर अस्पतालको १५ शय्याको अस्पताल निर्माणका लागि संघीय सरकारबाट २० करोड लिएर काम अघि बढाएको छ ।

यस्तै, नगरपालिकाले नगरभित्रको फोहोर नगरभित्रै व्यवस्थापनको तयारी गरेको छ । त्यसैगरी नगरपालिकाले अध्ययन र अनुसन्धान कार्यलाई अघि बढाउन किसुनजी अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरी आवश्यक रकम सहित कार्य अघि बढाइएको बताएको छ ।

नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले गत जेठ जेठ ९ गते पदबहाली गरेका थिए ।

यी हुन् नगरपालिकाले १०० दिनमा सम्पन्न गरेका कार्यहरु-

शिक्षा तर्फ

  • नगरपालिकाको नगर शिक्षा ऐन २०७५ को संशोधन गरी शिक्षा ऐन २०२८ अनुकूल बनाइएको ।
  • एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत २०९ शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको ।
  • सामुदायिक विद्यालयहरुमा दरवन्दी अभावलाई व्यवस्थापन गर्न नगरपालिकाको आन्तरिक स्रोत तर्फबाट उच्च मा.वि., मा.वि.,
  • आइसिटि र खेलकुद लगायत आवश्यक विषयमा थप शिक्षकको व्यवस्था गरिएको ।
  • कार्यपालिकाको पहिलो निर्णय बमोजिम विद्यालय शिक्षाको गुणस्तर सुधारको सुरुवात ईीस्डिबाट गर्नेगरी कक्षाहरुलाई प्रविधिमैत्री र
  • पूर्वाधारयुक्त बालमैत्री बनाउने निर्णयअनुसार रातो बंगला विद्यालयसँग एमओई गरी कार्य अघि बढाइएको ।
  • संस्थागत विद्यालयको दर्ता र नविकरण शुल्कमा लाग्ने साविक रकममा २५ प्रतिशत वृद्धि कम गरिएको ।
  • ईसिडि सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई नगरपालिकाको आन्तरिक स्रोतबाट थप पारिश्रमिक प्र.अ.लाई थप प्रोत्साहन

भत्ता तथा सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीलाई दिवा खाजा भत्ताको व्यवस्था गरिएको ।

स्वास्थ्य तर्फ

  • मुलपानी नगर अस्पतालको सेवा विस्तार तथा प्रभावकारी बनाउन मेडिकल अधिकृत लगायत थप जनशक्ति व्यवस्थापनको कार्य अघि बढाइएको ।
  • मुलपानी नगर अस्पताललाई १५ शैयाको अस्पताल भवन निर्माणको लागि २० करोड रकम संघीय सरकारबाट विनियोजनभई जग्गा लिज प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट निर्णय भएर कार्य अगाडी बढाइएको ।
  • मेयरसँग जेष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत सबै वडाका जेष्ठ नागरिकहरूको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यअनुसार वडा नं. ९ बाट सुरु गरिएको ।
  • मुलपानी नगर अस्पतालमा दैनिक आउने कोरोना बिरामीहरुका लागि निःशुल्क एन्टिजेन टेष्ट गरिएको ।
  • कागेश्वरी मनोहरा नगरपालिकालाई कुपोषण र क्षयरोग मुक्त गर्न अभियान सुरु गरिएको ।
  • कागेश्वरी मनोहरा नगरपालिकाको डाँछी स्वास्थ्य संस्थामा शिघ्र कडा कुपोषण व्यवस्थापनको लागि ओटिसि स्थापना गरिएको ।
  • सबै स्वास्थ्य संस्थाहरुमा आउने बिरामीहरुका लागि प्रयोगशाला सेवा विस्तारको लागि डाँछी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तारको प्रक्रिया अगाडी बढेको ।
  • नगरपालिकाभित्र रहेका सम्पूर्ण महिला स्वास्थ्य स्वयमसेविकाहरूको यातायात खर्चवृद्धि गरी मासिक तीन हजार रूपैयाँ पुर्याएको साथै सबै महिला स्वास्थ्य स्वयमसेविका तथा नीजहरूको परिवारको निःशुल्क स्वास्थ्य वीमा गरिएको ।
  • सामुदायिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क रूपमा नियमित स्वास्थ्य परिक्षणका लागि “विद्यालय स्वास्थ्य कार्यक्रम” सुरु गरिएको ।

खानेपानी तर्फ

  • खानेपानीको एकिकृत विकासको लागि खानेपानी तथा सरसफाई ऐन २०७९ जारि गरिएको ।
  • बृहत एकिकृत खानेपानी कार्यक्रम अन्तर्गत स्वच्छ खानेपानीको धारा प्रत्येक घरमा पुर्याइने कार्य अघि बढेको ।
  • डाँछी भद्रवास खानेपानी तथा सरसफाई उपभोक्ता समिति, कागेश्वरी मनोहरा नगरपालिका र खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरि खानेपानी तथा सरसफाई आयोजना, आयोजना कार्यन्वयन कार्यालय पानीपोखरी काठमाडौं र नगर विकास कोषबीच करिव ८२ करोड ५० लाख लागत भएको महत्वपूर्ण खानेपानी योजना सम्झौता भएको ।
  • गोठाटार–भैमाल खानेपानी विस्तारका लागि सह–लगानी मार्फत् करिव ८५ करोड थप लगानीमा योजना सम्झौता अन्तिम चरणमा रहेको साथै यसै आ.व.भित्र थप ५५०० घरधुरीलाई खानेपानी वितरण विस्तार कार्यलाई अगाडी बढाइएको ।

शहरी विकास तर्फ

  • अव्यवस्थित हाउजिंग प्लटिङको अनुमती स्थगित गरि व्यवस्थित शहरीकरणको कार्य अघि बढाउने तयारी गरिएको ।
  • शहरि पूर्वाधार आयोजनाहरु जसमा स्पोर्ट सिटि, डिजिटलमैत्री नगरपालिका र बहुस्तरीय बसपार्क निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोगको लागि नगर विकास कोषसँग समन्वय गरी योजना अगाडी बढाइएको ।
  • पूर्वि काठमाडौं नयाँ शहरी विकास आयोजनालाई अघि बढाइएको ।
  • व्यवस्थित शहरलाई प्रवद्र्धन गर्न ग्रीनहिल सिटि, सनसिटीजस्ता सबै आवाशिय भवनहरुको करको दरमा एकरुपता कायम गरिएको ।
  • जनगुनासोलाई सम्बोधन गर्दै साविकमा लिँर्दै आइएको कित्ताकाटको प्रति आना रु. १०,००० सिफारिस दस्तुर लिने व्यवस्थालाई परिवर्तन गरी रु. २,००० कायम गरिएको ।
  • स्थाननीय भू–उपयोग परिषद् गठन गरी जग्गा प्रशासनको लागि घरबाटो, चारकिल्ला लगायतका सिफारिस प्रयोजनका लागि जग्गाको वर्गिकरण गर्नको लागि निर्णय गरी कार्यन्वयनलाई सहजिकरण गरिएको ।

विपद व्यवस्थापन तर्फ

  • विपद व्यवस्थापनमा दु्रत सहयोग पुर्याउन आरआरटी (र्यापिड रेस्पोन्स टिम) गठन गरि विपद तथा मर्मत संभारको कार्यलाई अगाडी बढाइएको । यसका लागि वडा तहमै रकम विनियोजन गरिएको ।
  • नगर प्रहरिलाई विपद्को समयमा तत्काल व्यवस्थापनको लागि खटाइएको ।
  • सार्वजनिक स्थल, बाटोघाटोमा रहेका असहाय गाई बाच्छाबाच्छी उद्दारको लागि पशु एम्बुलेन्स खरिदको लागि सहयोग गरी असहाय गाईबाच्छा संरक्षण अभियानलाई एम्बुलेन्स हस्तान्तरण गरिएको ।

फोहरमैला तथा वातावरण व्यवस्थापन तर्फ

  • फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्रोतमा नै वर्गीकरणको कार्य अघि बढाउने एवं उपयुक्त प्रविधि प्रयोग गरी नगरको फोहोर नगरभित्रै व्यवस्थापन गर्ने गरी कार्य अघि बढाइएको ।
  • सार्वजनिक स्थल, मठ मन्दिरको नियमित सरसफाईमा जोड गरिएको ।

उद्यमशिलता तथा क्षमता विकास तर्फ

  • नगरपालिकाबाट उद्यमशिलता तालिमप्राप्त गरेका महिला उद्यमीहरुलाई व्यवसाय दर्ता शूलक घटाई रु. ५०० कायम गरिएको ।
  • नगरपालिका क्षेत्रभित्र क्रियाशिल रहेका बैंक, वित्तीय संघ÷संस्था, संस्थागत विद्यालय तथा व्यवसायिक क्षेत्रहरुबाट सामाजिक उत्तरदायित्व कोष खडा गरी नगरपालिकाको शिक्षा, स्वास्थ्य, उद्यमशिलता र वातावरणको क्षेत्रमा कोषको रकम परिचालन गर्ने व्यवस्था मिलाइएको ।
  • अध्ययन र अनुसन्धान कार्यलाई अघि बढाउन किसुनजी अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरी आवश्यक रकम सहित कार्य अघि बढाइएको ।

खेलकुद तर्फ

  • नगरपालिकाको गौरवको आयोजनको रूपमा नगरपालिकालाई खेलकुद नगरीको विकास गर्न आवश्यक नीति निर्माणमा जोड दिएको ।
  • नियमित रूपमा विद्यालयस्तर र समुदाय स्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गरिएको ।

पर्यटन प्रवर्धन तर्फ

  • कागेश्वरी धामको वृहत विकासको कार्ययोजना अघि बढाइएको ।
  • वडा नं. ८ स्थित नवतम धाम र वडा नं. ४ स्थित कोल्मतेश्वर धाम र लक्ष्मी ह्याग्रिव मन्दिरको वृहत विकासको लागि कार्ययोजना अघि बढाइएको ।
  • नगरपालिकाभित्र रहेको परम्परागत रीतिरिवाज, चाडपर्व तथा संस्कृतिको संरक्षण र संवद्र्धनको व्यवस्था मिलाइएको ।

सुशासन तर्फ

  • नगरबासीलाई राष्ट्रिय परिचयपत्र दर्ता कार्य छिटो र सरल बनाउन साविकमा भएको अफलाइन सेवालाई अनलाइनमा अपग्रेड गरिएको ।
  • मुलपानी नगर अस्पतालमा छिटो तथा सरल सेवा प्रवाहको लागि बिलिंग लगायत अन्य सेवालाई विद्युतीय प्रणालीमा परिवर्तन गरिएको ।
  • नगरपालिकाले लिने चालु आ.व. को व्यवसाय कर, घर वहाल कर, सम्पती करमा २०७९ आश्विन मसान्तभित्र दाखिला गर्दा १० प्रतिशत छुटको व्यवस्था गरिएको ।
  • नगरपालिकाले गत वर्षसम्मको बाँकी वक्यौता व्यवसाय कर, घरवहाल कर, सम्पती करमा लाग्ने कुल जरिवानामा २०७९ पौष मसान्तभित्र दाखिला गरेमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको ।

उज्यालो नगर, सरक्षित नगर तर्फ

  • ‘उज्यालो नगर सुरक्षित नगर’ कार्यक्रम सञ्चालन अन्तर्गत सडक वत्ती तथा सिसिटिभी क्यामेरा जडानका लागि बजेट व्यवस्था गरी कार्यान्वयनमा लगिएको ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक तर्फ

  • जेष्ठ नागरिकहरुलाई सम्मान स्वरूप चाडपर्व खर्च रु. १ हजार उपलब्ध गराउने व्यवस्था मिलाइएको ।
  • जेष्ठ नागरिकहरूलाई घर-घरमा गएर स्वास्थ्य परिक्षणको कार्यक्रम सञ्चालन गरिएको ।
  • जेष्ठ नागरिकको दिवा खाजा, जेष्ठ नागरिक भवन र जेष्ठ नागरिक पार्क निर्माणलाई प्राथमिकता दिइएको ।
  • नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न तथा महिला उद्यमी प्रवद्र्धन गर्ने कार्य अगाडी बढाइएको ।
  • अपांगता परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता थप सेवा सुविधा व्यवस्थापन गरिएको ।

योजना तथा भौतिक पूर्वाधार तर्फ

  • नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यहि आ.व.बाट नै सोही भवनबाट कामकाज सुरु गर्ने गरी कार्य अगाडी बढाइएको ।
  • निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भई क्रमागत रुपमा सञ्चालनमा रहेका योजनाहरूलाई सम्झौता अवधि भित्रै यथावत रुपमा कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायिहरूसँग पटक–पटक बैठक राखी आवश्यक निर्देशन दिएको ।
  • उपभोक्ता समिति मार्फत् काम गर्दा २० प्रतिशत लागत सहभागिताको निति परिवर्तन गरी योजनाको लागि विनियोजित रकमको ५ प्रतिशत रकम मर्मत सम्भार कोषमा जम्मा गर्ने गरी व्यवस्था गरिएको ।
  • शहरी सौन्दर्यकरण र पार्क निर्माण लगायतका शहरी पूर्वाधारहरुमा जोड दिइएको ।
  • चालु आर्थिक वर्षलाई योजना निर्माणको वर्षको रूपमा लिई नगरपालिकाको आन्तरिक तथा क्षेत्रगत योजना प्रक्रिया अगाडी बढाइएको ।

कृषि तथा पशुपंक्षी तर्फ

  • किसानहरुले प्राप्त गर्ने सुविधा व्यवस्थित गर्न किसान कार्डको शुरुवात गरिएको ।
  • वर्षा तथा बाढिका कारण क्षती भएको बाली तथा पशुधनका लागि किसानहरुलाई राहत रकम वितरण गरिएको ।
  • व्यवसायिक तथा आर्गनिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गरिएको ।

प्रतिकृया दिनुहोस्