Hamro Sanchar

वीर अस्पतालको लापरबाही : पत्थरी अप्रेशन गर्नुपर्ने विरामीको ३ वटा दाँत झिकियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ४ गते


Advertisement

काठमाडौं, भदौ ४- काठमाडौंको वीर अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेशनमा गएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ । ५० वर्षीया राधिका साउन ३० गते आफै हिँडेर अस्पताल गएकी थिईन् । दाँतमा कुनै समस्या नभएकी राधिका अप्रेशनबाट निस्किदा तीन वटा दाँत गुमाएर फर्किएकी हुन् ।

राधिकालाई डाक्टर जेके ओझाको टिमले उपचार गरेको आफन्तको भनाइ छ । आफन्तले भने पित्तथैलीको पत्थरीको अप्रेशन गर्न अप्रेशन थियटरमा पुर्याएकी उनको अगाडिका तीन वटा दाँत निकालिएको छ ।

उनकी छोरीले भनिन्, ‘हामी गरिबको आवाज सुनिदिने को छ ? उचित छानबिन होस् । यस्ता डाक्टरहरुले हामीलाई मार्न सक्छन् । पित्तथैलीको पत्थरीको अप्रेशन गर्दा दाँत निकाल्दिनेले अरु अंग निकाल्न सक्छन् । त्यो बेला पित्तथैलीमा पत्थरी छ भनियो । अप्रेशन गर्नुपर्छ भनेर ३१ गतेको डेट दिइयो । हामी ३० गते नै अस्पताल आएर भर्ना भयौँ । ३१ गते अप्रेशन थियटरमा लगियो । केही घण्टापछि अप्रेशन सफल भएको छ भनेर सुनाईयो हामी खुशी भयौँ । आमा भेन्टिलेटरमा हुनुहुन्थ्यो । अगाडि बोल्न सक्ने अवस्था थिएन । हामीले भेन्टिलेटरमा खासै देख्न पाएनौँ । त्यसपछि आइसीयूमा लगियो । त्यहाँ बिहान बेलुका भेट्न पायौँ । आइसीयूमा भेट्दा आमाको अगाडिको दाँत देखिएन । तीन वटा दाँत नदेख्दा हामी चकित भयौँ । आमाले पनि मेरो पत्थरीको अप्रेशन गरेको हो कि दाँतको अप्रेशन गरेको हो भनेर सोध्नुभयो । हामी चकित भयौँ । अहिले डाक्टरहरुले १० हजार दिन्छौ, ५ हजार दिन्छौ । दाँत त हो नी जहाँपनि हाल्न सकिन्छ भन्ने घटिया खालका जवाफ दिइरहेका छन् । यहाँ नेपाल सरकारका उपसचिव सागर मिश्र पनि रहेछन् । उहाँले कुनै रेस्पोन्स गर्नुभएको छैन । आज र भोलि बिदा छ । बिरामी लिएर जानुहोस् पछि कुरा गरौँला भन्दै अन्याय गरिरहेका छन् । हामीलाई न्याय चाहिन्छ आफन्तले माग गरेका छन् ।’


प्रतिकृया दिनुहोस्