Hamro Sanchar

मुख्यमन्त्री पाण्डेको पद धरापमा, माओवादी र कांग्रेसले सुरु गरे हस्ताक्षर संकलन

प्रकाशित : २०७९ असार, १६ गते


Advertisement

मकवानपुर, असार १६- सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन गर्न सुरु गरेक छन् । मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्देशन बिना मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि उनीहरुले यस्तो प्रक्रिया सुरु गरेका हुन् ।

सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीअनुसार आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि पूर्वसहमतिअनुसार नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।


प्रतिकृया दिनुहोस्