Hamro Sanchar

मुल्यवृद्धिविरुद्ध एकीकृत समाजवादीनिकट अनेरास्ववियू सडकमा, लाग्यो यस्तो नारा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, ७ गते


Advertisement

काठमाडौं, असार ७- पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एसपिपी सम्झौता, रासायनिक मलको अभाव लगायतको विरोधमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियूले शंकरदेव क्याम्पसअगाडि प्रदर्शन गरेको हो । अध्यक्ष सुदेश पराजुली नेतृत्वको अखिलका विद्यार्थीले प्रदर्शनका क्रममा  अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्लासमेत जलाएका छन् ।

उनीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’, ‘शेरे तेरो पाराले दु:ख पायो साराले’ जस्ता नारा लगाएका थिए ।

उनीहरूले पेट्रोलिय पदार्थको मूल्यवृद्धिको निर्णय फिर्ता लिन, महँगी नियन्त्रण गर्न, किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन माग गरेका थिए ।

जनताको समस्या नदेख्ने, जनताको समस्या नबुझ्ने सरकारप्रति जनताको समर्थन नहुने भन्दै पेट्रोलियम पदार्थमा लगाएको असिमित कर फिर्ता लिन अध्यक्ष पराजुली माग गरे ।

प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा सामान्य झडपसमेत भएको थियो ।


प्रतिकृया दिनुहोस्