Skip
आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव- पार्टी चलाउन हामीबाट सिक्नुहोस !

प्रकाशित : २०७९ असार, ७ गते


काठमाडौं, असार ७- विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाएका छन् । लामिछानेले मंगलबार आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले लामिछाने आशा गरेको थोरै मान्छेमा पर्ने भएकाले कमजोरीबाट पाठ सिक्न अनुरोध गरेका हुन् ।

‘तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौँ तिमी’, मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर । तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।’


प्रतिकृया दिनुहोस्