Skip

Hamro Sanchar

कांग्रेसको निष्कर्ष : बालेनको सीमा मुद्दा लोकप्रियता कमाउने अस्त्र मात

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १२ गते


Advertisement

काठमाडौं । भारतसँगको सीमा विवादलाई विगतमा चर्को रूपमा उठाउँदै आएका प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा भने उक्त विषय प्रवेश नै नगराएको भन्दै नेपाली कांग्रेसले आलोचना गरेको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारबीच ठूलो अन्तर देखिएको टिप्पणी गरेका छन् ।

आज सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा सीमा मुद्दालाई लिएर प्रधानमन्त्रीले दिने गरेका अभिव्यक्ति लोकप्रियता बटुल्ने माध्यम मात्रै भएको कांग्रेसको बुझाइ रहेको बताए ।

पौडेलले प्रधानमन्त्रीले कूटनीतिक संवादमार्फत सीमा विवाद समाधानका लागि पहल गर्ने उपयुक्त अवसर पाउँदा पनि विषय नउठाउनु विडम्बनापूर्ण भएको उल्लेख गरे ।

उनले यसअघि प्रधानमन्त्रीका अभिव्यक्तिलाई कांग्रेसले अपरिपक्व र उत्तेजक रूपमा लिएको स्मरण गर्दै भारत भ्रमणका क्रममा सीमा मुद्दा नउठेपछि राष्ट्रवादको नाममा गरिएको प्रदर्शन नक्कली रहेको आफ्नो पार्टीको निष्कर्ष पुष्टि भएको दाबी गरे ।


प्रतिकृया दिनुहोस्