काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा आज चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्।
सुदूरपश्चिमका अर्थव सिंह, बागमतीका अभिव प्रधान, एनआरएनएकी लिली बोहरा र नेपाल पुलिस क्लबको टोलीले नयाँ कीर्तिमान कायम गरेका हुन्।
प्रतियोगिताको दोस्रो दिनसम्म बागमती प्रदेशले ९ स्वर्ण, ४ रजत र ६ कास्य गरी १९ पदकसहित शीर्ष स्थान कायम गरेको छ।
एनआरएनए ९ पदकसहित दोस्रो र नेपाल प्रहरी १८ पदकसहित तेस्रो स्थानमा छन्।
प्रतियोगिताको पौडीतर्फ अहिलेसम्म कुल ६ राष्ट्रिय कीर्तिमान बनेका छन्।























