Skip

Hamro Sanchar

त्रिविले गर्याे एमबीएस र एमपीए प्रवेश परीक्षाको मिति तय, मंसिर ७ देखि आवेदन खुल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ७ गते


Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (TU) व्यवस्थापन संकायले एमबीएस (MBS) र एमपीए (MPA) कार्यक्रमको शैक्षिक वर्ष २०८३ का लागि प्रवेश परीक्षाको मिति सार्वजनिक गरेको छ।

डीनको कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार विद्यार्थीले मंसिर ७ गतेदेखि पुस २१ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। प्रवेश परीक्षा पुस २५ गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ।

प्रवेश परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी तथा बिजनेस एन्ड इकोनोमिक्स/जनरल अवेरनेस विषयबाट २५/२५ वटा बहुवैकल्पिक प्रश्न सोधिनेछन्।

परीक्षाका लागि आवेदन शुल्क १ हजार ५०० रुपैयाँ तोकिएको छ।

इच्छुक विद्यार्थीले व्यवस्थापन संकायको वेबसाइट www.tudoms.org मार्फत फाराम भर्न सक्नेछन्। स्नातक तहको नतिजा प्रकाशित नभएका विद्यार्थीले पनि प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्।

संकायले सम्बन्धित क्याम्पसमा माघ १५ गतेदेखि कक्षा सञ्चालन हुने जनाएको छ।


प्रतिकृया दिनुहोस्