काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध कर्जा दुरुपयोगको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
सीआईबीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएको हो। बानियाँमाथि विभिन्न कम्पनीका नाममा लिएको ३८ करोड रुपैयाँ कर्जा सेयरमा लगानी गरेको आरोप छ।
यस प्रकरणमा उनका छोरा दिक्षान्त यसअघि नै पक्राउ परेका छन्। उनी हाल सीआईबीको हिरासतमा छन्।
























