Skip

Hamro Sanchar

एसिया कप राइजिङ स्टारमा नेपालले यूएईलाई हराउँदै पहिलो जित निकाल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

६ मंसिर, काठमाडौं । एसिया कप राइजिङ स्टार २०२६ मा नेपालले यूएईलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको छ। १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि कुशल भुर्तेलले ५७ रनको अर्धशतकीय पारी खेले। उनले ५६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। मयन यादवले २७, बसिर अहमदले १८ तथा पवन सर्राफले अविजित ९ रन बनाए।
त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले यूएईलाई ३९।५ ओभरमा १२१ रनमै समेटेको थियो। यूएईका मुहम्मद सहादद्दादले ४० र हरप्रित सिंहले ३२ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले ३–३ विकेट लिए भने नन्दन यादव, रासिद खान र ललित राजवंशीले १–१ विकेट झारे।
पहिलो खेलमा भारतसँग ३०६ रनको भारी हार बेहोरेको नेपालले अब मंगलबार पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिकृया दिनुहोस्