Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

६ मंसिर, काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

आज काठमाडौंँबाट प्रस्थान गरेका प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। स्वागतका क्रममा भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायत पनि उपस्थित थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आइतबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच छलफल र विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर हुने तालिका छ।

सोमबार नै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेट गर्नेछन्। भ्रमण सकेर उनी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।


प्रतिकृया दिनुहोस्