Skip

Hamro Sanchar

यूएई १२१ रनमै समेटियो, नेपाललाई १२२ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

६ मंसिर, काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपालले यूएईलाई १२१ रनमै अलआउट गरेको छ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले यूएईलाई ४० ओभरको अन्तिम बलमा समेट्दै १२२ रनको लक्ष्य पाएको हो।

यूएईका मोहम्मद साहादले सर्वाधिक ४० र हरप्रित सिंहले ३२ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए।

नन्दन यादव, राशिद खान र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे।

पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको लज्जास्पद हार बेहोरेको नेपाल यूएईलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा छ। यूएई पनि पहिलो जितको खोजीमा छ।

 


प्रतिकृया दिनुहोस्