काठमाडौं । साँखु जेसिसको २६औं शाखा अधिवेशनबाट अध्यक्षमा पवन श्रेष्ठ र महासचिवमा रुपक पोखरेल चयन भएका छन् ।शंखरापुरको साँखुस्थित चौतारी रिसोर्टमा शनिबार सम्पन्न साँखु जेसिसको साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको हो।
उक्त कार्यक्रमको सभापतित्व आशिष पुखुसीले गरेका थिए। कार्यक्रममा संस्थाका संस्थापक सदस्य लव कुमार श्रेष्ठ एवम् अन्य पदाधिकारीको उपस्थिति थियो।
संस्थाको कार्यकारीणि उपाध्यक्षमा लक्ष्मण भण्डारी, विवेक देशार र उपाध्यक्षमा राजन केसि र मनिष गोपाल काररंजित, मनिष मल्ल र कन्चन श्रेष्ठ र कोषाध्यक्षमा विशाल श्रेष्ठ चयन भएका छन्।
संस्थाले शंखरापुका विभिन्न क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।

























